२०८३, ३१ भाद्र बिहीबार

एमाले सिन्धुलीले गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

एमाले सिन्धुलीले गणतन्त्रको पक्षमा जागरणसभा गर्ने


सिन्धुली: मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ ।
एमाले सिन्धुलीको आज बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गतिविधी बढेपछि सिन्धुलीको तीन स्थानबाट एमालेले जुलुसहरु निकाल्ने कार्यक्रम तय गरेको छ । जस अनुसार माझीटार, लक्ष्मणचोक र धुरावजार शिरानलाई आर्क तोकिएको छ भने त्यसमा नेतृत्व गर्ने केन्द्रीय सदस्य र पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको घिसिङले बताउनुभयो ।
जस अनुसार माझीटार चोकमा एमाले केन्द्रीय सदस्य सुवास देवकोटा, प्रदेश कमिटी सदस्य प्रलाद पोखरेल, डम्बर कार्की, डोरकुमारी कार्की र जिल्ला उपाध्यक्ष घिसिङ, लक्ष्मणचोकमा केन्द्रीय सदस्य गणेश पहाडी, प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल र जिल्ला उपसचिव दिपेश वराल र धुरावजार शिरानमा कमलजंग राई, उमा कोइराला, निरु दर्लामी, प्रदेश कमिटी सदस्यहरु गणेश बुढाथोकी, गोविन्दलाल माझी र उपसचिव पार्वती भट्टराईले आर्कको नेतृत्व गर्ने बताइएको छ ।
नेकपा एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले १८ गतेको कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीसमेत वाडफाँड गरेको घिसिङले बताउनुभयो ।
बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा सिन्धुलीका ९ वटै स्थानीय तहमा उपस्थित गराउन कोटासमेत तोकिएको छ । जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र सचिव नवराज थिङद्धारा जारी निर्देशनमा चैत १७ गते कार्यक्रममा उपस्थित हुने नेता कार्यकर्ताहरुको नाम र ठेगाना उपलव्ध गराउनसमेत भनिएको छ ।
प्रचार विभाग प्रमुख घिसिङले कार्यक्रमलाई व्यबिस्थत ढंगले सञ्चालन गर्न स्वयमंसेवक पनि परिचालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख वक्ता जिल्ला इज्चार्ज एवम् एमाले केन्द्रीय सदस्य मनोजजंग थापा रहनुहुने बताइएको छ ।

प्रकाशित मिति : २०८१, १४ चैत्र शुक्रबार  ९ : २७ बजे

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भृकुटीमण्डपमा घरजग्गा एक्स्पो सुरु, हदबन्दी समस्या समाधान गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका