२०८३, ११ बैशाख शनिबार

यस्ता छन्, मन्त्रिपरिषद् बैठकको ११ वटा निर्णयहरु

यस्ता छन्, मन्त्रिपरिषद् बैठकको ११ वटा निर्णयहरु


काठमाडौं । सरकारले, आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद्को बैठले गरेका अन्य निर्णयहरु :

१. विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।

२. ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा श्री नरेशराज अर्याल, काठमाडौँलाई नियुक्त गर्ने ।

३. नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक श्री दिपक थापालाई नियुक्त गर्ने ।

४. विक्रम सम्वत् २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने ।

५. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा श्री दिनेश प्रसाद भट्ट, बैतडीलाई नियुक्त गर्ने ।

६. २०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने च्बष्कष्लब म्ष्बयिनगभ को दशौं संस्करणमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

७. नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा. वि. स. वडा नं. ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा. वि. स. वडा नं. ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने ।

८. नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने ।

प्रकाशित मिति : २०८१, ५ चैत्र बुधबार  ३ : ०५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले