२०८३, २१ आश्विन बिहीबार

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 


रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि परिचयपत्र वितरण शिविर आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ रामेछापसँगको सहकार्यमा रामेछापको मन्थलीमा एक दिने शिविर आयोजना गरिएको हो ।  प्रदेश रजिष्टार प्रमुख रेवतीप्रसाद सापकोटाको उपस्थितिमा भएको शिविरमा २६ जना स्थानीय पत्रकारलाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रदेश सञ्चार रजिष्टारको कार्यालयमा दर्ता भएका अनलाइन, रेडियो, पत्रपत्रिकासहितका सञ्चारमाध्यममा कार्यरत विभिन्न कारणले परिचयपत्र लिन बाँकी पत्रकारलाई जिल्लाबाट नै सेवा प्रवाह गर्न शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका  सचिव नवराज श्रेष्ठले जनाकारी दिए ।

सञ्चार रजिष्टार कार्यालयले प्रदेशमा दर्ता भएका सञ्चार माध्यममा कार्यरत पत्रकार र वाग्मती प्रदेशमा क्रियाशील अग्रज पत्रकारलाई कर्मक्षेत्रमा नै पुगेर परिचयपत्र वितरण तथा नवीकरण गर्न थालेको प्रदेश रजिष्टार सापकोटाले बताए ।

‘समाचार सङ्कलन, लेखन,सम्पादन र प्रविधिमैत्री तरिकाले प्रशोधन गर्न, श्रव्य दृश्य समाचार सामग्री उत्पादन गर्न, तथ्याङ्कको प्रस्तुतिसहित अनलाइन पत्रकारिता गर्न गराउन र बजार व्यवस्थापन कला सिकाउँदै आएको सञ्चार रजिष्टार कार्यालयले आफ्नो सेवा प्रवाहलाई सम्बन्धित सेवाग्राहीको कर्मक्षेत्रमै पुगेर उपलब्ध गराउन थालेको हो‘, उनले भने ।

पत्रकारहरूलाई प्रेस रजिष्टारको कार्यालयले उपलब्ध गराएको पत्रकार परिचयपत्रको उचित सदुपयोग गर्न सापकोटाले आग्रह गरे । यसले पत्रकारलाई फिल्डमा काम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८१, १ चैत्र शनिबार  ८ : १८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले