२०८२, २६ पुस शनिबार

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 


रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि परिचयपत्र वितरण शिविर आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ रामेछापसँगको सहकार्यमा रामेछापको मन्थलीमा एक दिने शिविर आयोजना गरिएको हो ।  प्रदेश रजिष्टार प्रमुख रेवतीप्रसाद सापकोटाको उपस्थितिमा भएको शिविरमा २६ जना स्थानीय पत्रकारलाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रदेश सञ्चार रजिष्टारको कार्यालयमा दर्ता भएका अनलाइन, रेडियो, पत्रपत्रिकासहितका सञ्चारमाध्यममा कार्यरत विभिन्न कारणले परिचयपत्र लिन बाँकी पत्रकारलाई जिल्लाबाट नै सेवा प्रवाह गर्न शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका  सचिव नवराज श्रेष्ठले जनाकारी दिए ।

सञ्चार रजिष्टार कार्यालयले प्रदेशमा दर्ता भएका सञ्चार माध्यममा कार्यरत पत्रकार र वाग्मती प्रदेशमा क्रियाशील अग्रज पत्रकारलाई कर्मक्षेत्रमा नै पुगेर परिचयपत्र वितरण तथा नवीकरण गर्न थालेको प्रदेश रजिष्टार सापकोटाले बताए ।

‘समाचार सङ्कलन, लेखन,सम्पादन र प्रविधिमैत्री तरिकाले प्रशोधन गर्न, श्रव्य दृश्य समाचार सामग्री उत्पादन गर्न, तथ्याङ्कको प्रस्तुतिसहित अनलाइन पत्रकारिता गर्न गराउन र बजार व्यवस्थापन कला सिकाउँदै आएको सञ्चार रजिष्टार कार्यालयले आफ्नो सेवा प्रवाहलाई सम्बन्धित सेवाग्राहीको कर्मक्षेत्रमै पुगेर उपलब्ध गराउन थालेको हो‘, उनले भने ।

पत्रकारहरूलाई प्रेस रजिष्टारको कार्यालयले उपलब्ध गराएको पत्रकार परिचयपत्रको उचित सदुपयोग गर्न सापकोटाले आग्रह गरे । यसले पत्रकारलाई फिल्डमा काम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८१, १ चैत्र शनिबार  ८ : १८ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,