२०८३, ३० आश्विन शनिबार

परोपकार प्रसुती अस्पतालको अध्यक्षमा विशेषज्ञ डा.कार्की पाण्डे नियुक्त

परोपकार प्रसुती अस्पतालको अध्यक्षमा विशेषज्ञ डा.कार्की पाण्डे नियुक्त


काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालमै यसअघि १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रुपमा सेवा गरेकी पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
डा.पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञ एमडी गरेकी हुन् । यसअघि भरतपुर अस्पतालकी रजिष्ट्रार रहिसकेकी डा.पाण्डेले प्रसुती तथा स्त्री रोग सम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनले नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका विविध आयामबारे अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेकी छन् ।
प्रसुती अस्पतालमा मन्त्री पौडेलले जन्मनासाथ हुने अपांगताको निःशुल्क परीक्षण आरम्भ गरेका थिए ।
यसलाई निर्देशिका बनाएर देशैभरका प्रसुति सेवा प्रदान गर्ने अस्पतालमा समेत कार्यान्वयन गरिएको छ । डाक्टर पाण्डेको नियुक्तिपछि मन्त्री पौडेलले अघि सारेको मातृ शिशु स्वास्थ्य सेवा सुधारको योजनामा थप योगदान हुने विश्वास गरिएको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ३० फाल्गुन शुक्रबार  ४ : ४१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा