२०८३, १५ कार्तिक आईतबार

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । उनले भने, ‘पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ ।

मुलुकको आर्थिक स्थिती सुखद नरहेको अवस्था छ । केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौ र त्यो काम गर्न चाहान्छौ ।’ यसको साथै, उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताए । उनले भने, ‘अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समिकरण बनायौं ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुदे सहमती भयो, नयाँ समिकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ । यो सरकार बिग्रिदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धि तर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो ।’

प्रकाशित मिति : २०८१, ८ फाल्गुन बिहीबार  ११ : ४३ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने