२०८३, २६ आश्विन मंगलबार

निवर्तमान नगरप्रमुख खत्री भन्नुहुन्छः खानेपानी समस्या समाधान गर्नुको साटो जनप्रतिनिधीले अझ चर्काए

निवर्तमान नगरप्रमुख खत्री भन्नुहुन्छः खानेपानी समस्या समाधान गर्नुको साटो जनप्रतिनिधीले अझ चर्काए


सिन्धुली: नेकपा एमालेका सिन्धुलीका नेता एवम् कमलामाई नगरपालिका सिन्धुलीका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत कमलामाई नगरपालिका वडा नम्बर १२ का स्थानीयले उठाएका मागहरु सम्वोधन गर्नुको साटो जनप्रतिनिधीले बिवाद बढाएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा खानेपानीको समस्या समाधानमा नगरप्रमुखले भूमिका निर्वाह गर्नुको साटो अझ चर्काएको आरोप लगाउँदै बुधवार मध्यान्ह स्थानीयले रित्तो गाग्री लिएर प्रदर्शन गरेपछि आफ्नो कुरालेख्दै खत्रीले तत्कालै समस्याको सामाधान नखोजे ठूलै दुर्घटना हुने बताउनु भएको हो ।

नेता खत्रीले लेख्नु भएको स्टाटस जस्ताको तस्तैः

कमलामाई नगरपालिकामा जे देखियो :

नेपाल सरकार एक घर, एक धारा नीतिको कुरा गर्छ, तर देशको भौगोलिक अवस्था र विकास बजेटको वास्तविकता नहेरी सस्तो लोकप्रियता मात्र खोज्छ। जनताको राय बिना सडक र राजमार्ग बनाइन्छन्; जसले गर्दा निर्माण कार्य थालनी हुन नपाई ती अवरुद्ध हुने समस्या दोहोरिरहन्छ।

जहाँसम्म कनपा-१२ का जनताले पिउने पानी पाउनुपर्छ भन्ने माग राखेका छन् । त्यो स्वाभाविक छ, तर कनपा-११ का बासिन्दाले हाम्रो शिर काटेर लैजान दिँदैनौँ भन्ने चेतावनी दिने स्थिति आउनु दुःखद् हो। १२ नम्बर वडाका जनतालाई पानी उपलब्ध गराउन नेवा संस्थाले पाइप जडान गरिसकेको थियो, तर काम सुरु भएपछि विवाद उत्पन्न भयो।

यो विवादको समाधान गर्ने जिम्मा कमलामाई नगरपालिकाको हो। तर समाधान गर्नुको सट्टा जनप्रतिनिधिहरूले झन् विवाद बढाएको गुनासो स्थानीय जनताले गरिरहेका छन्। यस्तो अवस्थामा बेलैमा दुवै पक्षलाई राखेर सहमति जुटाउनु जरुरी छ। जनताले चुनेका प्रतिनिधिहरूले समस्याको समाधान खोज्नुपर्ने हो, तर उनीहरूले नै जनता भिडाउने काम गरिरहेको देखिन्छन्। यदि यस्तो प्रवृत्ति रोकिएन भने यसको असर राम्रो हुने छैन।

अहिलेको समस्या जनताजनताबीचको होइन, व्यवस्थापनकै कमजोरी हो। समयमै समाधान नगरे ठूलो संकट निम्तिन सक्छ!

प्रकाशित मिति : २०८१, ३० माघ बुधबार  ९ : २० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल