२०८३, १ कार्तिक आईतबार

एमाले वाग्मतीका सदस्यलाई प्रशिक्षक बनाउन बन्द प्रशिक्षण

एमाले वाग्मतीका सदस्यलाई प्रशिक्षक बनाउन बन्द प्रशिक्षण


काठमाडौं: नेकपा एमालेले वाग्मती प्रदेश कमिटीले पार्टीका नीति र कार्यक्रमका बारेमा प्रशिक्षण दिने नेता तयार गर्न बन्द प्रशिक्षण सञ्चालन गरेको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रशिक्षण राखिएको हो ।

नेकपा एमालेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा वाग्गमती प्रदेश इन्चार्ज डा.राजन भट्टराई, स्कुल विभाग सदस्य डा.रमेश भट्टराईले प्रशिक्षण दिनुभएको थियो । यो प्रशिक्षण २७ गतेसम्म चल्नेछ । पाँच दिने प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, पार्टी अनुशासन आयोग अध्यक्ष केशव बडाल, स्कुल विभाग सदस्य सृजना काफ्ले, वाईपी आचार्यले प्रशिक्षण दिनुभएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

ज्ञवालीले नेपालमा कम्युनिष्ट पार्टीको इतिहास, बडालले पार्टीमा अनुशासन, काफ्लेले व्यवस्थापन सिप र कला तथा आचार्यले विज्ञान प्रविधिको नवीनतम विकास र मुलुकको समृद्धि वा उपयोगका विषयमा प्रशिक्षण दिनुभएको लामाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, २३ माघ बुधबार  ८ : ५६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा