२०८३, २४ आश्विन आईतबार

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्दै

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्दै


काठमाडौं । आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले ४७ औं राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्न लागेका हुन् ।

अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भए ।

यस्तो छ ट्रम्पको स्वागत र बाइडेनको विदाइ तयारी

अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। वर्तमान राष्ट्रपति जो बाइडेन र नव निर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण भएपछि ट्रम्पले कार्यभार सम्हाल्ने छन् । शपथ ग्रहणपश्चात उनले आज सैनिक कवाज र परेड अवलोकन गर्नेछन् ।

सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरू वासिङ्टन पुगेका छन् । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पदभार ग्रहण गरेसँगै ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने, अध्यादेश ल्याउने तयारी गरेका छन् । ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित विषयलाई कार्यादेशमा समेट्ने छन् । यस अगाडि सन् २०१७ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : ३४ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री