२०८३, १५ कार्तिक आईतबार

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्दै

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्दै


काठमाडौं । आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले ४७ औं राष्ट्रपतिको रुपमा पदभार ग्रहण गर्न लागेका हुन् ।

अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भए ।

यस्तो छ ट्रम्पको स्वागत र बाइडेनको विदाइ तयारी

अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। वर्तमान राष्ट्रपति जो बाइडेन र नव निर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण भएपछि ट्रम्पले कार्यभार सम्हाल्ने छन् । शपथ ग्रहणपश्चात उनले आज सैनिक कवाज र परेड अवलोकन गर्नेछन् ।

सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरू वासिङ्टन पुगेका छन् । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पदभार ग्रहण गरेसँगै ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने, अध्यादेश ल्याउने तयारी गरेका छन् । ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित विषयलाई कार्यादेशमा समेट्ने छन् । यस अगाडि सन् २०१७ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : ३४ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग