२०८२, २७ असार शुक्रबार

स्पेनिस ला–लिगामा रियलको सहज जित

स्पेनिस ला–लिगामा रियलको सहज जित


काठमाडौं ।  केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ ।

आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पे बाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे ।

खेलको ३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसको ३ मिनेट पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे ।

जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : २२ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत