२०८३, २८ आश्विन बिहीबार

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने


काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गृह मन्त्रालयसँग छलफलमा उनले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको बताएका हुन् ।

उनले भने,‘जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको छ । आवश्यक रकमको व्यस्था भइसकेको छ । आवश्यक मापदण्डहरु कार्यविधिहरुको तयार भइसकेको छ । अब दुई हप्तामा नै हामी डीडीएको काम प्रारम्भ गछौं ।’

त्यस्तै उनले सरकार संघीय संसदको बैठक अधिवेशन चाँडै आव्हान गर्ने तयारीमा रहेको बताए । संघीय संसदको आव्हान रोक्दा पनि धेरै कामहरु भइरहेको भन्दै बेकाम भएको भन्न चाँही नमिल्ने बताए । उनले भने,‘संघीय संसदको बैठक अधिवेशन सरकार चाँडै आव्हान गर्ने भएको छ । तर त्यसको अर्थ संघीय संसदको आव्हान रोक्दा चाँही म बेकामे भएको भन्ने होईन् । यो काम नै हो नि हामीले जुन कामरहेको छौं यो काम नै भएकाले बेकामे भएको छैनौं ।’ उनले राष्ट्रिय परिचय पत्रलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : ४५ बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा