२०८३, १४ कार्तिक शनिबार

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण



सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
मानव कल्याण समाज सिन्धुलीका अध्यक्ष गोविन्द थापाको नेतृत्वमा रहेको टोलीले आज कमलामाई नगरपालिका वडा नं.५ सिलामे स्थित कमला जनज्योति माध्यमिक विद्यालयमा रहेका ३४ जना अभिभावक बिहिन वालवालिकाहरुलाई मानवीय सेवामा संलग्न विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा न्यायो कपडा बितरण गरेको मानव कल्याण समाज सिन्धुलीका सह सचिव रेजिना श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयमा आश्रित वालवालिकाहरुलाई मानव कल्याण समाज सिन्धुलीका साथीहरुले न्यानो कपडा बितरण गर्ने प्रस्ताव राख्नु भएपछि हामीले त्यसलाई सहजै स्वीकार गर्‍यौं, विद्यालयका शिक्षक कृष्णहरी घिमिरेले बताउनुभयो ।
सिन्धुलीको कमलामाई नगरपालिकामै पहिलो पटक अभिभावक बिहिन वालवालिकालाई लक्षित गरेर तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले आवासिय विद्यालय सञ्चालन गराउनु भएको थियो । अहिले विद्यालयमैं बसेर अध्ययन अध्यापन गराउने सिलामे नगरकै पहिलो विद्यालय मानिएको छ ।

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  ८ : ४१ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक