२०८३, ३१ भाद्र बिहीबार

सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’

सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ’


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उनले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकता अनुसार संस्थाहरुलाई चलाउनको लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘एकदमै धेरै उठेको कुरा भनेको स्वतन्त्र हुनुपर्छ भन्ने हो । हाम्रो आम सञ्चार, दूरसञ्चार विधेयक पनि आउदैँछ । सबै गरेर यो क्षेत्रलाई अब नयाँपन दिने, जुन खालको शासन प्रणाली स्थापना भएको छ, जुन खालको विज्ञान र प्रविधि विकास भएको छ, मुलुकको आवश्यकता जे छ त्यही अनुसार संस्थाहरुलाई चलाउने हो । त्यो काममा सञ्चार मन्त्रालय प्रतिबद्ध छ । यो काममा सबैको सहयोग आवश्यक हुन्छ ।’

यसको साथै, उनले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमान माथि आक्रमण गर्ने प्रयासहरु भईरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनु पर्ने बताए ।

उनले भने, ‘अहिले मुलुकमा सामाजिक सद्भाव कायम गर्ने ठूलो चुनौती छ । मुलुकमा अस्थिरता ल्याउने कोशिस भई रहेको छ । हाम्रो स्वाभिमान माथि आक्रमण गर्ने काम भईरहेको छ । स्वाभिमानको पक्षमा दरो भएर उभिनु पर्छ । नाफाको लागि खुलेका संस्थाहरुले त्यो गर्दैन् । यो राज्यको स्वामित्व भएको संस्थाले गर्नुपर्छ ।’

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : ४६ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण