२०८३, २० आश्विन बुधबार

माओवादी केन्द्र र कांग्रेस परित्यागगरी ३५ कार्यकर्ता एमालेमा प्रवेश

माओवादी केन्द्र र कांग्रेस परित्यागगरी ३५ कार्यकर्ता एमालेमा प्रवेश


सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत गर्नुभएको हो । नव प्रवेशीहरुलाई स्वागत गर्दै नेता थापाले नेकपा एमालेनैं नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको प्रष्ट पार्नुभयो ।
हरिहरपुरगढी–५ बोटेनीमा सम्पन्न भएको अधिबेशनबाट जगत बहादुर मोक्तानको नेतृत्वमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ हरिहरपुरगढीको २१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कमल जंग राई,केन्द्रिय सल्लाहकार परिषद सदस्य रामकुमार पौडेल र बागमती प्रदेश कमिटी सदस्य हिरा लामा, बागमती प्रदेश उद्योग तथा बाणिज्य मन्त्री माननीय शुकुमायाँ तामाङको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
फोटोः विशाल राई

प्रकाशित मिति : २०८१, २५ पुस बिहीबार  ९ : ५० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि