२०८२, २९ असार आईतबार

कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी

कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकिय पक्ष कमजोर रहेको बताएका छन् ।
सोमबार कान्ति बाल अस्पताल ६३ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् । उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जती पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो सबै सत्य होइन । यसमा व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि छ । र यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन् । उपकरण उपलब्ध छैन ।

भौतिक पूर्वाधार व्यवस्थित छैन । यहाँ काम गर्नेहरुले अन्तजती सेवा सुविधा प्राप्त गर्नु भएको छैन ।’
यसैगरी उनले भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार भए पनि राज्यसँग क्षमता नभएको बताए । उनले उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८१, २२ पुस सोमबार  १ : ५३ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म