२०८३, २६ आश्विन मंगलबार

समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ असफल

समर्थकको अवरोधका कारण कोरियाका अपदस्थ राष्ट्रपति पक्राउ असफल


एजेन्सी । विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ ।

जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो ।

उनलाई पक्राउ गर्न भनेर पुगेका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि येओलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि पक्राउको प्रयास असफल भएको हो ।

अभियोजक र अन्वेषकहरूको समूह अल्पकालीन मार्शल कानून घोषणामा महाभियोग लगाइएको राष्ट्रपतिलाई गिरफ्तार गर्न गएको थियो । तर राष्ट्रपति सुरक्षा सेवा एजेन्टहरूसँगको टकरावपछि, उनीहरूले  गिरफ्तारी प्रयास रोकेका थिए ।

उच्च पदाधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का अनुसार निरन्तरको टकरावले युन विरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गर्न असम्भव भएको छ ।

डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको जनाएको । येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् ।

‘आज बिहान युनका समर्थकहरू केही सयको संख्यामा मात्र थिए । तर जब प्रहरी निवासको नजिक गयो त्यसपछि भीड बढेको थियो । वारेन्ट म्याद सकिन लागेको छ । सोमबार म्याद सकिनेछ । १२० जना प्रहरी र भ्रष्टाचार अनुसन्धान कार्यालयका चारजना वरिष्ठ अधिकारीसहित गएकाहरु राष्ट्रपति सुरक्षा गार्डद्वारा रोकिएको छ,’ चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)संवाददाता ज्याक बार्टनले शुक्रबार घटनास्थलबाट भने ।

युनका समर्थकहरूले बिहीबारदेखि नै राष्ट्रपति निवास वरिपरि चर्को श्रपमा जुलुस गरिरहेका छन् र प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास पारिरहेको छ । शुक्रबार गिरफ्तारीको प्रयास त्यागेपछि, सीआईओले  समीक्षापछि भविष्यका उपायहरूको बारेमा निर्णय गर्ने बताएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८१, १९ पुस शुक्रबार  ७ : ०८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल