२०८२, ९ माघ शुक्रबार

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ् न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय बढि लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याउँदै छौं । र त्यसको पोलिसी ल्याउने वित्तिकै त्यसको कानुन बनाउँछौं ।’ उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान ग¥यो भन्ने गलत प्रचार भएको छ ।

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनले बताए । उनले भने,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिैँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकैपटक छानबीन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने,हाम्रोलाई मात्र ग¥यो आफ्नोलाई गरेन भन्ने छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपालाई मात्र ग¥यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उनले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उनको छ ।

उनले भने, ‘मूलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिवद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ । तर केही काम भएको छैन् । यो वर्ष म त्यहाँ हुदासम्म सबै काम गरेर नै छोड्छु । मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु ।’

प्रकाशित मिति : २०८१, १० पुस बुधबार  ६ : ०३ बजे

बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहट जिल्लामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले