२०८३, १२ कार्तिक बिहीबार

बैतडीको झुलाघाटमा मोटरेवल पुल सहितका परियोजनाहरु निर्माणको पहल

बैतडीको झुलाघाटमा मोटरेवल पुल सहितका परियोजनाहरु निर्माणको पहल


काठ्माण्डौँ । भारत भ्रमणको क्रममा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गर्नुभएको छ ।

उहाँले भारतीय विदेश मन्त्री यश जयसंकर सँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गर्नुभएको हो । विदेश मन्त्री मन्त्री जय संकरले पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाउनुभयो । मन्त्री भण्डारीको गृह जिल्ला समेत रहेको बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण भएमा बैतडीका साथै सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरुका लागि व्यापार तथा पर्यटन प्रर्वधन हुने बताइएको छ । उक्त क्षेत्रमा आवतजावत सहज भएमा नेपाली उत्पादनले बजार पाउनुका साथै उपभोग्य बस्तुहरु सुलभ मुल्यमा प्राप्त गर्न सजिलो हुनेछ ।
भारत भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानमा विषयमा छलफल गर्नुभएको छ । यसका साथै कञ्चनपुर स्थित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको छ ।

मन्त्री भण्डारीले गत साउनमा पहिलो पटक भारत भ्रमण गर्दा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन निर्माणको पहल गर्नुभएको थियो । फलस्वरूप भारतले नेपाललाई उक्त परियोजनाका लागि १५ अर्ब रकम अनुदान दिन औपचारिक रूपमा सहमति गरेसँगै परियोजना निर्माणको काम अघि बढेको छ । अहिले उक्त परियोजनामा नेपाल र भारत पक्षले आ–आफ्नो तहबाट काम गरिरहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको २९औं साझेदारी शिखर सम्मेलन सहभागी हुनुर्भका मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’ सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताउनुभएको छ ।.

उहाँले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरिएको उहाँले बताउनुभएको छ ।
नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठुलो स्रोत देश रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १८ मंसिर मंगलबार  १ : ४० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता