२०८२, १ मंसिर सोमबार

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही निर्वाचित

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही निर्वाचित


काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । पहिलेको निर्वाचनमा कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले जितेको हो ।

यो जितसंगै कर्णालीमा एमालेलाई थप उत्साह थपेको छ । एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए ।

उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  १० : २० बजे

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट