२०८३, ३० असार बुधबार

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ सदस्यीय प्रतिनिधि मण्डल मलेसिया भ्रमणमा

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ सदस्यीय प्रतिनिधि मण्डल मलेसिया भ्रमणमा


काठमाण्डौं । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल शनिबार साँझ मलेसिया प्रस्थान गरेको छ ।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि संसदीय प्रतिनिधि मण्डल मलेसिया गएको हो ।

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर रहेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका उपसभामुख  मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख  विनाकुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख  यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा  सहभागी  छन् ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रि«य सभाका उपाध्यक्ष घिमिरेले  मलेसियाको संसदका सभामुख र उपसभामुख तथा सेलांगोर प्रान्तीय संसदका सभामुख र उपसभामुख संग भेटवार्ता गर्ने कार्यक्रम छ भने प्रतिनिधिमण्डलले मलेसियाको संसद र सेलांगोर प्रान्तीय संसदको अवलोकन, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीले जानकारी दिए ।

भ्रमण सम्पन्न गरी उपाध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डल मंसिर २१ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : १६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै