२०८३, १२ आश्विन मंगलबार

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको छ ।

सलिको र रोयल्सबीच इन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रम्कुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।
सिइओ खड्काले सलिकोसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ’सलिकोको विश्वास र भरपर्दो प्रतिवद्धता हाम्रो मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । हामीलाई केवल मैदानमा मात्र होइन, हाम्रो भविष्यलाई पनि सुरक्षित बनाउन मद्दत पुर्याउँछ । हामी एक साथ मिलेर सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाइमा पुर्याउने एक बलियो र विजयी साझेदारी निर्माण गर्दैछौं,’उनले भने ।

सिइओ क्षेत्रीले खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण सिर्जना गर्न यो सहकार्य गरिएकोमा जोड दिए । ’हामीले टिमको हरेक सदस्यको विमा व्यवस्था गरेका छौं । यसले खेलाडीहरु निर्धक्क रुपमा खेल प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएरका छौं । यस सहकार्यलाई हामीले सुरुवातको रुपमा लिएका छौं र आउने दिनमा दयारा अझ फराकिलो हुँदै जानेछ,’उनले थपे ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार  ९ : ५५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय