२०८३, २९ भाद्र मंगलबार

विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल  

विवाहको मौसममा सुनको मूल्य कम हुँदा बजारमा चहलपहल  


काठमाडौं। गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेकोे थियो ।

झण्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो । मंगलबारको तुलनामा बुधबार सुनको भाउ नौं सय रुपैयाँले बढेको हो ।मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला १लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सरकारले सुनमा लगाएको भन्सार महशुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

उनले भने,‘सरकारले कुनैपनि वस्तुमा कर घटाउने बढडाउने गरिरहेको हुन्छ । यसै अनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ । सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दरघटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो ।’

थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ । न्यूरोडमा यतिबेला सुन किन्नेहरुको चहलपलह बाक्लो छ । अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरुको भनाई छ । न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी विमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरु झन धेरै आउन थालेको बताउँछिन ।

उनले भनिन,‘सुनको भाउ एक लाख ७१ हजार पुग्दा खेरी मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरु आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासी १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरु झनै धेरै आउन थालेका छन् ।’

सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औंल्याइन्छ । किनभने पटकपटक चर्को भन्सार दर बृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए ।  सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपालराजपत्रमा प्रकाशित भएको र यससँगै लागू भएपछि व्यवसायी उत्साहित छन् ।

यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए ।

सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरुको घुँईचो लागेको सुन व्यवसायीहरु बताउँछन । तथापी सुनको अभाव भने भएको छैन । अहिलेको महँगीलाई हेर्दा सुनको भाउ घट्नु राम्रो कुरा भएको उपभोक्ता विश्व भारती राना बताउँछिन् ।

उनी भन्छिन्,‘अहिलेको महँगी हेर्ने हो भनेपनि, नेपालीहरुले सांस्कृतिक रुपमा सुन लगाउनु पर्ने हुन्छ । बिहेवारी, चाडबाड सबैमा आवश्यक नै हुन्छ । त्यसैले सुनको मूल्य घटेको राम्रो नै हो । किनभने सबै वर्गले प्रयोग गर्न सक्छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ ।जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ ।

सुस्मिता बानियाँ

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ९ : ३६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक