२०८३, २९ आश्विन शुक्रबार

“दरबार मार्गको फोहोर हामीले उठाएका हौँ महानगरले होइन : उपाध्यक्ष अमित लामा”

“दरबार मार्गको फोहोर हामीले उठाएका हौँ महानगरले होइन : उपाध्यक्ष अमित लामा”


काठमाडौँ । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा गरेको विशाल जागरण सभाबाट निस्केको फोहोर राष्ट्रिय युवा सङ्घ नेपालले उठाएको राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष अमित लामाले बताउनु भएको छ ।

उपाध्यक्ष लामाले मङ्सिर ७ गते गतेको जागरण सभाको फोहोर मङ्सिर ८ गते बिहान दुई ट्रक सङ्कलन भयो भनेर प्रायोजित मिडियालाई प्रयोग गरी नेकपा एमालेलाई बदनाम गराउन खोजेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेकपा एमालेले अहिलेसम्म गरेका सभा र सम्मेलनको फोहर व्यवस्थापन स्वयं आफैले गरेको बताउनुभएको छ । कार्यक्रम समापन भएपछि युवा सङ्घ लगायतका साथीहरू सरसफाइमा केन्द्रित भयौँ, यो हाम्रो नियमित काम हो । हामीले जति पनि सभा र सम्मेलनहरू भएका छन् त्यसको सफाइ गर्छौँ , काठमाडौँमा पनि राती ११ बजे सम्म हामीले कार्यक्रम स्थल सफा गरिसकेका थियौँ तर हामीलाई फोहोरसङ जोडेर विभिन्न प्रचारबाजी गर्ने काम भयो यो कुराको हामी खण्डन गर्छौँ लामाले बताउनु भयो । लामाले भन्नुभयो अन्य दलहरूले पनि हामीभन्दा फरक कार्यक्रमहरू गरिरहेकाछन् ।

फोहोर धेरै गरेका छन् तर किन महानगरले पत्राचार गरेन यो सरासर नेकपा एमालेप्रतिको लक्षित अभियान हो तर हामीले बालेनलाई असफल बनाएका छौँ । बालेन नेकपा एमालेप्रति आक्रामक हुनु एकपक्षीय रूपमा नेकपा एमालेको पछाडि लाग्नु पक्कै पनि राम्रो होइन यसको जवाफ काठमाडौँका जनताले आवश्यक भएपछि दिनेछन् लामाले बताउनुभयो । काठमाडौँको दरबारमार्ग र ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेको सबैलाई थाह नै छ, मङ्सिर ७ गते शुक्रवार दिन भएकोले चहलपहल हुन्छ र ८ गते शनिवारको दिन त्यस क्षेत्रबाट अन्य ठाउँको तुलनामा धेरै फोहोर जम्मा हुने गर्दछ । उठाउन काठमाडौँ महानगरपालिका पुग्छ तर व्यवसायीले उक्त फोहोर बाहिर राख्छन् , उक्त फोहोर र मदिराका केही सि सी बोतलमा नेकपा एमालेको झन्डा राखी सुनियोजित ढङ्गले कथित युटुवर प्रयोग गरी एमालेलाई बदनाम गर्न खोजिएको प्रति नेकपा एमालेको गम्भीर आपत्ति छ उपाध्यक्ष लामाले बताउनु भयो ।

“काठमाडौँ त्यहाँ माथि पनि व्यावसायिक स्थानको फोहोर बिहानको समयमै उठाउने गरिन्छ तर दैनिक गरिने उक्त फोहोर उठाउने कार्यसँग हाम्रो पार्टीलाई जोडेर बदनाम गराउन खोज्नु खेद जनक छ, यसबाट नै महानगरको नियत प्रस्ट हुन्छ । भ्रमबाट मुक्त हुन सम्पूर्ण काठमाडौँ महानगरवासी र देशभरका सचेत नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछु । नेकपा एमाले विकास सम्मृद्धिको पक्षमा हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ । यसको उदाहरणका रूपमा दैलेखको पेट्रोलियम अन्वेषणको कार्य नै आम नेपालीहरूका लागि एउटा उदाहरण हो ।

ओलीले समृद्धिका लागि मध्य पहाडी यात्रा गर्नुभयो, दैलेखको पेट्रोलियम अन्वेषण स्थलसम्म पुग्नु भो, यो सबै देशको समृद्धिका लागि हो कसैले अनावश्यक हल्ला पिटेको भरमै नेकपा एमाले विचलित हुँदैन अनावश्यक हल्ला गर्नेहरूसँग कडा प्रतिवाद गर्दै नेकपा एमाले समृद्धिको यात्रामा निरन्तर लागि रहन्छ लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ११ : ५९ बजे

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४० पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका