२०८३, ११ कार्तिक बुधबार

“दरबार मार्गको फोहोर हामीले उठाएका हौँ महानगरले होइन : उपाध्यक्ष अमित लामा”

“दरबार मार्गको फोहोर हामीले उठाएका हौँ महानगरले होइन : उपाध्यक्ष अमित लामा”


काठमाडौँ । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा गरेको विशाल जागरण सभाबाट निस्केको फोहोर राष्ट्रिय युवा सङ्घ नेपालले उठाएको राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष अमित लामाले बताउनु भएको छ ।

उपाध्यक्ष लामाले मङ्सिर ७ गते गतेको जागरण सभाको फोहोर मङ्सिर ८ गते बिहान दुई ट्रक सङ्कलन भयो भनेर प्रायोजित मिडियालाई प्रयोग गरी नेकपा एमालेलाई बदनाम गराउन खोजेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेकपा एमालेले अहिलेसम्म गरेका सभा र सम्मेलनको फोहर व्यवस्थापन स्वयं आफैले गरेको बताउनुभएको छ । कार्यक्रम समापन भएपछि युवा सङ्घ लगायतका साथीहरू सरसफाइमा केन्द्रित भयौँ, यो हाम्रो नियमित काम हो । हामीले जति पनि सभा र सम्मेलनहरू भएका छन् त्यसको सफाइ गर्छौँ , काठमाडौँमा पनि राती ११ बजे सम्म हामीले कार्यक्रम स्थल सफा गरिसकेका थियौँ तर हामीलाई फोहोरसङ जोडेर विभिन्न प्रचारबाजी गर्ने काम भयो यो कुराको हामी खण्डन गर्छौँ लामाले बताउनु भयो । लामाले भन्नुभयो अन्य दलहरूले पनि हामीभन्दा फरक कार्यक्रमहरू गरिरहेकाछन् ।

फोहोर धेरै गरेका छन् तर किन महानगरले पत्राचार गरेन यो सरासर नेकपा एमालेप्रतिको लक्षित अभियान हो तर हामीले बालेनलाई असफल बनाएका छौँ । बालेन नेकपा एमालेप्रति आक्रामक हुनु एकपक्षीय रूपमा नेकपा एमालेको पछाडि लाग्नु पक्कै पनि राम्रो होइन यसको जवाफ काठमाडौँका जनताले आवश्यक भएपछि दिनेछन् लामाले बताउनुभयो । काठमाडौँको दरबारमार्ग र ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेको सबैलाई थाह नै छ, मङ्सिर ७ गते शुक्रवार दिन भएकोले चहलपहल हुन्छ र ८ गते शनिवारको दिन त्यस क्षेत्रबाट अन्य ठाउँको तुलनामा धेरै फोहोर जम्मा हुने गर्दछ । उठाउन काठमाडौँ महानगरपालिका पुग्छ तर व्यवसायीले उक्त फोहोर बाहिर राख्छन् , उक्त फोहोर र मदिराका केही सि सी बोतलमा नेकपा एमालेको झन्डा राखी सुनियोजित ढङ्गले कथित युटुवर प्रयोग गरी एमालेलाई बदनाम गर्न खोजिएको प्रति नेकपा एमालेको गम्भीर आपत्ति छ उपाध्यक्ष लामाले बताउनु भयो ।

“काठमाडौँ त्यहाँ माथि पनि व्यावसायिक स्थानको फोहोर बिहानको समयमै उठाउने गरिन्छ तर दैनिक गरिने उक्त फोहोर उठाउने कार्यसँग हाम्रो पार्टीलाई जोडेर बदनाम गराउन खोज्नु खेद जनक छ, यसबाट नै महानगरको नियत प्रस्ट हुन्छ । भ्रमबाट मुक्त हुन सम्पूर्ण काठमाडौँ महानगरवासी र देशभरका सचेत नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछु । नेकपा एमाले विकास सम्मृद्धिको पक्षमा हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ । यसको उदाहरणका रूपमा दैलेखको पेट्रोलियम अन्वेषणको कार्य नै आम नेपालीहरूका लागि एउटा उदाहरण हो ।

ओलीले समृद्धिका लागि मध्य पहाडी यात्रा गर्नुभयो, दैलेखको पेट्रोलियम अन्वेषण स्थलसम्म पुग्नु भो, यो सबै देशको समृद्धिका लागि हो कसैले अनावश्यक हल्ला पिटेको भरमै नेकपा एमाले विचलित हुँदैन अनावश्यक हल्ला गर्नेहरूसँग कडा प्रतिवाद गर्दै नेकपा एमाले समृद्धिको यात्रामा निरन्तर लागि रहन्छ लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ११ : ५९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता