२०८३, २३ आश्विन शनिबार

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्दै


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पौष ११ र १२ गते काठमाडौंमा सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यले सम्मलेनको आयोजना गर्न लागेको हो ।
विज्ञप्तीमा लेखिएको छ, ‘महत्वपूर्ण कार्यक्रमको उद्देश्य साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्नु हो । यस वर्षको विषयवस्तु ‘नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ रहेको छ ।’

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज गर्ने र प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशे ढुङ्गा साबित हुने मन्त्रालयको विश्वास छ ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ९ : ०० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि