२०८३, ३० आश्विन शनिबार

अबको ‘रणनीति’ हाम्रा उत्पादनहरू निर्यात गर्नु हो : उद्योग मन्त्री भण्डारी

अबको ‘रणनीति’ हाम्रा उत्पादनहरू निर्यात गर्नु हो : उद्योग मन्त्री भण्डारी



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु रहेको बताउनुभएको छ ।

मङ्गलवार उद्योग सङ्गठन मोरङको प्रतिनिधि मण्डलसंग भएको अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशी उत्पादनहरु बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । अहिले विदेशबाट सामग्री बोकेर आएका सवारी साधनहरू रित्तै फर्किने स्थिति हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्गठनका पदाधिकारीहरूले मन्त्री भण्डारी समक्ष आफ्ना समस्याहरू सुनाएका थिए ।
सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारत पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

अहिले नेपालबाट सिमेन्ट, रड, स्टिल, प्लाईवुड, प्लास्टिक, सेनेटरी प्याड, जुत्ता चप्पल जस्ता सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाउने गरेको व्यवसायीको गुनासो छ । भट्टराईले जोगबनी–विराटनगर कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन तथा उद्योग विभागमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि आग्रह गर्नुभयो ।

डेढ बर्सअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल नियमित सञ्चालन भएमा सामान ढुवानी भाडा दर ३० प्रतिशत सस्तो हुने सङ्गठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो । मन्त्री भण्डारीले भारतसँगका विषयहरूलाई आगामी दिनमा हुने सचिव स्तरीय बैठक मार्फत सहजीकरण गरिने बताउनुभएको छ । आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने उहाँको प्रतिबद्धता छ ।
सङ्गठनले हालै उत्कृष्ट काम गरेबापत २हजार अमेरिकी डलर बराबरको एसिया प्यासिफिक रिजन अवार्ड प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २०८१, १२ मंसिर बुधबार  ५ : ५३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा