२०८३, ५ कार्तिक बिहीबार

पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारतको ४६ रनको अग्रता

पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाविरुद्ध भारतको ४६ रनको अग्रता


काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ४६ रनको अग्रता लिएको छ ।टस जितेर पहिला ब्याटिङ गरेको भारत जम्मा १५० रनमा समेटिएको थियो । भारतलाई सस्तैमा समेटर आफ्नो पहिलो पारि पहिलो दिन नै सुरु गरेको अस्ट्रेलिया दोस्रो दिनको पहिलो सेसनमै १०४ रनमा अलआउट हुँदा भारतले ४६ रनको अग्रता लिएको थियो ।

पहिलो दिन नै १७ विकेट गुमेको थियो । भारतका १० विकेट गुम्दा अस्ट्रेलियाले पहिलो दिन ७ विकेट गुमाएर ६७ रन बनाएको थियो । दोस्रो दिन ३७ रन बनाउँदा बाँकी ३ विकेट गुमाउन पुग्यो ।

अस्ट्रेलियालाई सस्तैमा आउट गर्ने क्रममा भारतका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा हर्सित रानाले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाउँदा विकेटकिपर ब्याटर एलेक्स केरीले २१ रन जोडे । यसैगरी ट्राभिस हेड ११ र नाथन म्याकस्वेनीले १० रनमात्र बनाए ।

पहिलो पारिमा भारतका नितिश कुमारले ४१ रन बनाउँदा रिसभ पन्तले ३७ रनको पारि खेले । केएल राहुलको ब्याटबाट २६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो ।

अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा पाट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले दुई दुई विकेट लिएका थिए ।

यो ५ खेलको टेस्ट सिरिज हो । टेस्ट च्याम्पियनसिपको लागि भारत र अस्ट्रेलिया दुवैलाई यो सिरिज महत्त्वपूर्ण रहेको छ ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार  १२ : २८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा