२०८३, २७ आश्विन बुधबार

विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट


काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

यसअघि परीक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । प्रतिव्यक्ति दुईसय रूपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न विहीबार बसेको मन्त्रीपरिषद् बैठकले  स्वीकृति दिँदै   शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने  सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ । त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार  १२ : २२ बजे

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत, नैतिकता र योग्यतामाथि उठेका प्रश्नले रोकियो नियुक्ति

काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट

माछापुच्छ्रे बैंकको लाभांश पारित, शेयरधनीलाई ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बोनस शेयर र नगद