२०८३, १७ आश्विन आईतबार

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बुधबार चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म बनेका नीतिहरु सबै परिवर्तन गरेर समाजलाई अगाडि लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय अहिलेसम्म राजा महेन्द्रको कानूनमा चलिरहेको रहेछ । १४ सालको ऐन छ, १५ सालको ऐनले चलिरहेको छ ,१९ सालको १८ सालको ऐन छ । हुलाक ऐन पनि उहीँ छ । अहिले प्रेस काउन्सिल विधेयक मात्र आएको रहेछ । तर। हामीले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ । नियम,कानून र ऐन नै परिवर्तन भएन भने कसरी समाजमा परिवर्तन ल्याउने ? ।’

साथै उनले कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउने बताए । उनले संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकिने बताए ।

उनले भने,‘कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउछ साथै संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकन्छ ।’

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  १० : ४९ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार