२०८२, २१ पुस सोमबार

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बुधबार चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म बनेका नीतिहरु सबै परिवर्तन गरेर समाजलाई अगाडि लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय अहिलेसम्म राजा महेन्द्रको कानूनमा चलिरहेको रहेछ । १४ सालको ऐन छ, १५ सालको ऐनले चलिरहेको छ ,१९ सालको १८ सालको ऐन छ । हुलाक ऐन पनि उहीँ छ । अहिले प्रेस काउन्सिल विधेयक मात्र आएको रहेछ । तर। हामीले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ । नियम,कानून र ऐन नै परिवर्तन भएन भने कसरी समाजमा परिवर्तन ल्याउने ? ।’

साथै उनले कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउने बताए । उनले संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकिने बताए ।

उनले भने,‘कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउछ साथै संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकन्छ ।’

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  १० : ४९ बजे

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै

एमालेले फागुन २१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनायो

काठमाडौं। नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

नयाँ राजनीति भत्किँदै, रास्वपाको क्रेज तीव्र रूपमा खस्कियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केही समयअघि नेपाली राजनीतिमा आशा, आक्रोश

मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि हिन्दु-मुस्लिमसहित

भीमफेदीमा सुमो दुर्घटना : ४ मृतकको पहिचान, २ जनाको खुल्न बाँकी

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको सुमो दुर्घटनामा परी