२०८३, ४ आश्विन सोमबार

एमालेले भन्यो : काठमाडौंको सभा अराजकता विरुद्ध

एमालेले भन्यो : काठमाडौंको सभा अराजकता विरुद्ध


काठमाडौं । नेकपा एमालेले भोलि दरबारमार्गमा गर्ने सभा अराजकताविरुद्ध सन्देश हुने जनाएको छ । बानेश्वरस्थित एक होटलमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै एमाले नेताहरुले ७ मंसिरमा दरबारमार्गमा हुने सभाबारे जानकारी दिएका थिए । अन्तर्क्रियामा नेताहरुले देशभित्र केही भइरहेको छ भन्ने सन्देश दिनु सभाको उद्देश्य रहने भन्नुभयो ।

‘भइरहेका कुराहरुलाई सम्पूर्ण रुपले पर्दा लगाएर देश बर्बाद भइरहेको छ भन्ने निराशाको खेती गर्ने प्रयत्न भइरहेको छ, त्यसमा केही बोल्नुपर्छ भन्ने हो । सडक कब्जा गर्ने उद्देश्य होइन’, उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भन्नुभयो । सभा मार्फत् एमाले कार्यकर्ता र जनतालाई सत्य कुरा भन्न लागेको ज्ञवालीले भन्नुभयो । अराजकता सह्य नहुने सत्य जनसभा मार्फत् भन्न लागेको उल्लेख गर्नुभयो ।

‘अरु कुरामा हामी माक्र्सलाई धेरै फलो गर्छाै, यस मामलामा (स्वतन्त्रता) धेरैजसो भोल्टियरलाई कोट गर्ने गरेको छु’ ज्ञवालीले भने, ‘उनले भन्छन् कि तपाईंका विचारसँग असहमत छु, तर तपाईंले बोल्न पाउने अधिकारका निम्ति चाहिँ जीवनभर लडिरहनेछु, नेकपा एमालेको हकमा यही कुरा लागू हुन्छ ।’ तर अहिलेको अराजकताले लोकतन्त्र कमजोर पार्ने बताउनुभयो ।

यद्यपि अराजकताको समाधान जनसभा नरहेको पनि ज्ञवालीले स्वीकारे । ‘समाधान डेलिभरी नै हो । तर डेलिभरी भइरहेको छ भन्ने कुरा मान्छेले बुझ्नै चाहेन भने बुझाउन सकिएन भने डेलिभरीबाट जाग्नुपर्ने आशा पनि जाग्दैन’, उनले भने । पत्रकारहरुले भने अराजकता फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंबारे एमालेले विगतमा गरेको निर्णयमाथि प्रश्न उठाएका थिए । यसमा उपमहासचिव ज्ञवलीले विगतमा गल्ती भएको बताउनुभयो ।

‘दुर्गा प्रसाईं हाम्रो पार्टीको केन्द्रमा पनि पुगे । अब कसरी पुगे त्यसमा हामीले पर्याप्त ध्यान पुर्‍याउन सकेनौं भन्ने कुरा सबैलाई रियलाइजेसन भएकै कुरा हो । त्यसमा चाहिँ आगामी दिनमा ध्यान दिनुपर्छ’, ज्ञवालीको जवाफ थियो ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ८ : ५३ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग