२०८३, १ बैशाख बुधबार

नक्कली र कीर्ते कागज सार्वजनिक गरेका दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

नक्कली र कीर्ते कागज सार्वजनिक गरेका दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै


काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ ।

हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले हिजोे नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो। उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनु पर्ने भएकाले आज मात्रै उपस्थित गराउन लागिएको जनाइएको छ । अस्ती सोमबार प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र कीर्ते गरिएका कागज सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीमाथि सघन आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि कीर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ९ : ५० बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको