२०८३, ७ कार्तिक शनिबार

नक्कली र कीर्ते कागज सार्वजनिक गरेका दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

नक्कली र कीर्ते कागज सार्वजनिक गरेका दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै


काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ ।

हिजो भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले हिजोे नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो। उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनु पर्ने भएकाले आज मात्रै उपस्थित गराउन लागिएको जनाइएको छ । अस्ती सोमबार प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र कीर्ते गरिएका कागज सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीमाथि सघन आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि कीर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ९ : ५० बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट