२०८२, २ श्रावण शुक्रबार

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश


काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ । हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अन्त्यतिर हंगेरीले विवादस्पद पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । इन्ज्योरी समयमा बार्नाबास भार्गासको प्रहार जर्मन डिफेन्डर रोबिन कोचको हातमा लागेको भन्दै भारबाट पेनाल्टी दिइएको थियो ।

त्यसलाई हंगेरीका कप्तान डोमिनिक सोबोस्लाईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

बराबरीको नतिजाले जर्मनी लिग ए को ग्रुप ३ मा शीर्ष स्थानमै रहन सफल भयो । यसअघि जर्मनीले बोस्नियाविरुद्ध ७–० को शानदार जित हात पार्दै समूह ए ३ को शीर्ष स्थान कब्जा गरेको थियो । हंगेरीविरुद्धको खेलमा जर्मनीको मुख्य टिमलाई विश्राम दिँदै ९ नयाँ खेलाडीलाई सुरुवातमै मौका दिइएको थियो । 

यही समूहमा रहेका बोस्निया हर्ज गोभिना र नेदरल्याण्ड्सले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँग नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । हंगेरी रेलिगेशन प्ले अफमा पुगेको छ भने बोस्निया भने रेलिगेशनमा परेको छ ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ८ : ५७ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै