२०८३, १८ आश्विन सोमबार

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश

युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश


काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ । हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अन्त्यतिर हंगेरीले विवादस्पद पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । इन्ज्योरी समयमा बार्नाबास भार्गासको प्रहार जर्मन डिफेन्डर रोबिन कोचको हातमा लागेको भन्दै भारबाट पेनाल्टी दिइएको थियो ।

त्यसलाई हंगेरीका कप्तान डोमिनिक सोबोस्लाईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

बराबरीको नतिजाले जर्मनी लिग ए को ग्रुप ३ मा शीर्ष स्थानमै रहन सफल भयो । यसअघि जर्मनीले बोस्नियाविरुद्ध ७–० को शानदार जित हात पार्दै समूह ए ३ को शीर्ष स्थान कब्जा गरेको थियो । हंगेरीविरुद्धको खेलमा जर्मनीको मुख्य टिमलाई विश्राम दिँदै ९ नयाँ खेलाडीलाई सुरुवातमै मौका दिइएको थियो । 

यही समूहमा रहेका बोस्निया हर्ज गोभिना र नेदरल्याण्ड्सले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँग नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । हंगेरी रेलिगेशन प्ले अफमा पुगेको छ भने बोस्निया भने रेलिगेशनमा परेको छ ।

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  ८ : ५७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय