२०८३, १२ कार्तिक बिहीबार

मूलुकमा बढेको अस्थिरता र अराजकता अन्त्य गर्न जागरणसभाको आयोजना गरियो: डा.भट्टराई

मूलुकमा बढेको अस्थिरता र अराजकता अन्त्य गर्न जागरणसभाको आयोजना गरियो: डा.भट्टराई

पार्टीमा काम नगर्ने र पद चाहिने प्रवृत्तिको अन्त्य हुने


काठमाडौं: नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले मंसिर ७ गते राजधानीमा आयोजना गरिएको जागरणसभामा उपस्थित भएर मूलुकमा बढेको अस्थिरता र अराजकतालाई अन्त्य गर्न अपील गर्नुभएको छ ।
एमाले बागमती प्रदेशद्वारा आज आयोजित जनसंगठन संयन्त्रको दोस्रो पूर्ण बैठकलाई सम्वोधनगर्दे उहाँले मूलुकमा बढेको अस्थिरता र अराजकतालाई अन्त्य गर्न जागरण सभाको आयोजना गरिएको बताउनु भएको हो । अहिले अस्थिरता र अराजकता मच्चाउँदै कानूनी शासनको खिल्ली उडाउने काम भइरहेको र त्यस्ता गलत काम कारबाहीका बिरुद्ध एमालेका नेता कार्यकर्ताहरु उभिनु पर्ने बताउनुभयो ।


उहाँले पार्टीमा काम नगर्ने र पद चाहिने प्रवृत्तिको अन्त्य हुने बताउँदै काम गर्नेहरु कहिल्यै पछाडि नपर्ने प्रष्ट पार्नुभयो । तोकिएको जिम्मेवारी पुरा नगर्ने, सांगठानिक गतिविधीमा सामेल नहुने तर अबसर पाइएन भनेर गुनासो गर्नेहरुको संख्या बढेको स्मरणगर्दै नेता भट्टराईले अब सबै नेता कार्यकर्ताको अभिलेख राखिने बताउनुभयो । उहाँले आगामी मंसिर १६ गतेको निर्वाचनमा एमालेका उमेदवारलाई विजयी गराउन जनसंगठनका सबै कमरेडहर जिम्मेवार ढंगले लाग्न पनि निर्देशन दिनुभयो । बैठकलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै उहाँले १६ गतेको निर्वाचन नेकपा एमालेले कुनै पनि अबस्थामा बिजयी बन्नु पर्ने बताउनुभयो ।
अहिले नेकपा एमालेमाथि चौतर्फी आक्रमण भइरहेको र त्यसलाई चिर्ने काम जनसंगठनहरुको भएको बताउँदै उहाँले मंसिर ७ गतेको कार्यक्रमा जनसहभागिता जुटाउन लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले ७ गतेको कार्यक्रम सफल बनाउनु जनसंगठनका नेता कार्यकर्ता सबैको जिम्मेवारी भएको बताउँदै मंसिर १६ गतेको निर्वाचन जित्नेगरी लाग्न आग्रह गर्नुभयो । उहाँले काठमाडौका मेयर वालेन र दुर्गा प्रसाई एउटै कुवाको पानी खाएको बताउँदै उनीहरुले अहिले यस्तै खाले गतिविधी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष दावा दार्जे लामा, सचिव नवराज सिलवाल लगायत जनसंगठनका नेताहरुको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  १ : ३५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता