२०८३, २५ बैशाख शनिबार

जागरण सभा सफल पार्न प्रेस चौतारीको बिशेष योजना, अनिवार्य सहभागी हुन नेतादेखि सदस्यलाई निर्देशन

जागरण सभा सफल पार्न प्रेस चौतारीको बिशेष योजना, अनिवार्य सहभागी हुन नेतादेखि सदस्यलाई निर्देशन


काठमाडौं: प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसीर ७ को जागरण सभालाई ब्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको छ ।

एमालेले मुलुकमा बढदो अराजकता, अस्थिरताका बिरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सदभाव, सुशासन, समृद्धि र बिकाशका लागि बिधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उदेश्यका साथ जागरण सभा आयोजना गरेको छ । सो सभामार्फत मुलुक निर्माणका पक्षधर जनतालाई सही कुरा जानकारी गराउने लक्ष्य रहेको छ ।

सो सभा अराजकता फैलाउन चाहने देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै प्रेस चौतारीले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरको महासचिव हिरामान लामाले बताउनु भयो । बैठकले जागरण सभामा सहभागी हुन सवै उपत्यकावासीलाई अपिल गर्दै सक्रिय सहभागी हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेस चौतारीका पदाधिकारीदेखि केन्द्रीय समिति, आयोग, प्रदेश समिति, जिल्ला समिति र सदस्यहरुलाई निर्देशन दिएको छ । यसैगरी बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड राखेर सवै सदस्यको बीचमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा एमाले नेता तथा इञ्चार्ज राजेन्द्र गौतमले जागरण सभाको महत्व देशभरका जनतामाझ स्थापित गराउन प्रेस चौतारीको निर्णयक भूमिकाको अपेक्षा गरिएको बताउनु भयो । सोही अनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कँही कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रबृत्ति मौलाएको भन्दै अव कडाईका साथ प्रस्तुत हुने बताउनु भएको छ । महासचिव लामाले दिनुभएको जानकारीअनुसार अध्यक्ष बस्नेतले पार्टी र संगठनको काममा नभेटिनेहरुलाई अव संगठनबाट बिदा गर्ने योजनासमेत सुनाउँदै जागरणसभामा अनिवार्य उपस्थित हुन र गराउन निर्देशन दिनुभएको छ ।

यस्तै उहाँले निर्वाचन र आन्दोलनको बेला भाउ खोज्ने र बहानाबाजी गरेर आफ्नो स्वार्थपुर्तिमा लाग्नेहरु अव संगठनबाट बिदा हुनका लागि तयार रहनुपर्ने निश्कर्षसमेत सुनाउनु भएको थियो । बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमति प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१, ३ मंसिर सोमबार  ९ : ०६ बजे

पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, शुभेन्दु अधिकारी बने मुख्यमन्त्री

पश्चिम बंगाल मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको

दाङमा वनको काठ विवाद : बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनको काठ लिने विषयमा

हर्मुज जलमार्गमा नयाँ नियम ल्याउँदै इरान, जहाजको विस्तृत विवरण अनिवार्य

तेहरान । इरानले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जहाजमाथि

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५औं महाधिवेशनको तयारी तीव्र भइरहेका

उपसभामुखको हस्ताक्षर विवादमा, हर्क साम्पाङ आक्रोशित

काठमाडौं । उपसभामुखसँग सम्बन्धित हस्ताक्षर प्रक्रियालाई लिएर देखिएको विवादले राजनीतिक