२०८३, २७ आश्विन बुधबार

श्रीलंकाली राष्ट्रपति अनुरा कुमारालाई एमालेको बधाई

श्रीलंकाली राष्ट्रपति अनुरा कुमारालाई एमालेको बधाई


काठमाडौं: नेकपा एमालेले श्रीलंकामा हालै ९१४ नोभेम्बर, २०२४० मा सम्पन्न संसदीय निर्वाचनमा २२५ स्थानमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुई तिहाई बहुमत ल्याएपछि बधाई दिएको छ ।

महासचिव शंकर पोखरेलले बधाई सन्देश पठाउँदै कुशासन, राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक संकटका विरुद्धमा दुई वर्षअघि श्रीलंकाली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपीपीका नेता अनुराकुमार देशनायकेको विजय भएको उल्लेख गरेका छन् । उनले हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास लिएको जनाएका छन् ।

‘कम्युनिस्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मातामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्यन गरिरहेको हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ’, विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अन्त लोकप्रिय र विश्वासिलो बनाउनका पेरामुना जेभीपी, यापित मोर्चा एनपीपी र राष्ट्र कुमार देशानायकेलाई सफलता छ भन्ने विश्वास गरिएको छ ।’

प्रकाशित मिति : २०८१, २ मंसिर आईतबार  ९ : ०७ बजे

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ

प्रधानमन्त्री बालेनको ‘सरप्राइज’ काभ्रे भ्रमण, पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण