२०८३, १५ कार्तिक आईतबार

श्रीलंकाली राष्ट्रपति अनुरा कुमारालाई एमालेको बधाई

श्रीलंकाली राष्ट्रपति अनुरा कुमारालाई एमालेको बधाई


काठमाडौं: नेकपा एमालेले श्रीलंकामा हालै ९१४ नोभेम्बर, २०२४० मा सम्पन्न संसदीय निर्वाचनमा २२५ स्थानमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुई तिहाई बहुमत ल्याएपछि बधाई दिएको छ ।

महासचिव शंकर पोखरेलले बधाई सन्देश पठाउँदै कुशासन, राजनीतिमा हावी परिवारवाद र चरम आर्थिक संकटका विरुद्धमा दुई वर्षअघि श्रीलंकाली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपीपीका नेता अनुराकुमार देशनायकेको विजय भएको उल्लेख गरेका छन् । उनले हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास लिएको जनाएका छन् ।

‘कम्युनिस्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मातामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्यन गरिरहेको हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ’, विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अन्त लोकप्रिय र विश्वासिलो बनाउनका पेरामुना जेभीपी, यापित मोर्चा एनपीपी र राष्ट्र कुमार देशानायकेलाई सफलता छ भन्ने विश्वास गरिएको छ ।’

प्रकाशित मिति : २०८१, २ मंसिर आईतबार  ९ : ०७ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने