२०८१, २४ पुस बुधबार

संगीतादेखि राजबहादुर शाह र मीनबहादुर गुरुङसम्म उत्कृष्ट करदाता

संगीतादेखि राजबहादुर शाह र मीनबहादुर गुरुङसम्म उत्कृष्ट करदाता


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उत्कृष्ट करदातालाई सरकारको तर्फबाट सम्मान गर्नुभएको छ ।

‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्कृष्ट करदातालाई सम्मानित गर्नुभएको हो । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर व्यवसायी राजबहादुर शाहले तिर्नुभएको छ ।

यस्तै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसम्मलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको छ । कार्यक्रममा अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने पनि बताउनु भयो। कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्रीले करको दायरा बिस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताउनभयो । उहाँले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिनुभयो । यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन दिनुभयो ।

संघीयताले आर्थिक केन्द्रहरु बिस्तार, खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु बिस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गएपनि सो अनुपातमा जसरी राजस्व संकलन बढ्नुपर्ने हो सो अनुरुप बढ्न सकेको आफूले नपाएको बताउँदै अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिनु भयो । जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक रहेको पाउन नसकेको जनाउ पनि अर्थमन्त्री पौडेलले दिनुभएको छ ।

कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताउनु भयो । राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उहाँको भनाइ छ ।

‘हाम्रो जिम्मेवारी कर संकलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ,’ घिमिरेले भन्नुभयो । अहिले नेपालको अर्थतन्त्रमा केही सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ ।

‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न। हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।’

निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताउनु भयो । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताउनु भयो । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिबद्धता उनले जनाए। त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाइ छ ।

व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्नुभएका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताउनु भयो । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरूमा क्रमशः उद्योगहरू बन्द हुँदै गएको पनि उहाँको भनाइ छ।

अहिले नेपालको अर्थतन्त्रमा केही सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ । ‘हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न। हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।’

निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताउनु भयो । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताउनु भयो । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिबद्धता उनले जनाए। त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाइ छ ।

व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्नुभएका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताउनु भयो । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरूमा क्रमशः उद्योगहरू बन्द हुँदै गएको पनि उहाँको भनाइ छ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसम्मलाई उत्कृष्ट करदाताका रुपमा पुरस्कृत गर्नुभयो ।

प्रकाशित मिति : २०८१, २ मंसिर आईतबार  ९ : ०२ बजे

एक सय २० मुसहर मजदुरलाई भारतमा चरम श्रम शोषण, आठ महिना बन्धक

सिरहा । गोलबजार नगरपालिका वडा नम्बर २ र ३ का

पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौ : पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक

आजको मौसम : कोशी, मधेश र बाग्मतीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

हेर्नुहोस् तस्विरमा हेर्नुस गुरुङ समुदायको तमु ल्होसार

काठमाडौं । गुरूङ समुदायले आज तमु ल्होसार मनाईरहेका छन्। हरेक

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई