२०८२, २५ फाल्गुन मंगलबार

रविको वयान सकियो, भोलिमात्रै पोखरा पठाइने

रविको वयान सकियो, भोलिमात्रै पोखरा पठाइने


रुपन्देही: बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो । बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर शुद्धाशुद्धी हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो ।  जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनलाई अब शुक्रबार विहान मात्र पोखरा पठाइनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो ।

लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् । मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई  प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र  ल्याउने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध  गरेको छ ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ गितेन्द्रबाबु (जीबी) राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ । तर त्यतिबेला रवि भने प्रतिवादी थिएनन् ।

संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै ३१ भदौमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनपछि सुप्रिम सहकारीमा पनि पूरक अभियोजन बनाएर मुद्दा लैजाने तयारी रुपन्देही प्रहरीको छ ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको थियो । उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको थियो ।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  ८ : ५७ बजे

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै