२०८३, १४ कार्तिक शनिबार

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार


काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदा बिरामी परेका डिभिजन वन कार्यालय, धादिङका प्रमुखसहित दुई जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र प्राविधिक सहायक अनुसिया ढुंगानालाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।

उनीहरूको २७ घण्टापछि आज दिउँसो साढे १ बजे उद्धार भएको हो । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो । धादिङ प्रशासनले बुधबार नै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन ।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  ७ : ०३ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक