२०८३, १७ आश्विन आईतबार

गलत काम गर्ने मन्त्री–मुख्यमन्त्री भएपनि कानूनको दायरामा ल्याइन्छ : सञ्चारमन्त्री

गलत काम गर्ने मन्त्री–मुख्यमन्त्री भएपनि कानूनको दायरामा ल्याइन्छ : सञ्चारमन्त्री


काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगति हटाउन सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सोमबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिनुभएको हो । मन्त्री गुरुङले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको पनि बताउनु भयो ।

समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको उहाँको भनाई छ । गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भएपनि सरकारले नछोड्ने मन्त्री गुरुङले बताउनु भयो ।

‘समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको छ । खास गरी राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने कुरा, राजनीतिमा अपराधीकरणको प्रक्रिया जुन भइरहेका छन, सर्वत्र तिब्र आलोचना भइरहेको छ, यसलाई रोक्ने कुरामा वर्तमान सरकार दृढसंकल्पित छ,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले सबै कुराको समाधान एकै दिनमा नहुने भएकाले कतिपय बेला धैर्यता देखाउन आवश्यक हुने धारणा पनि राख्नुभयो ।

’हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउने खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन । कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला । त्यो एउटा संकेत हो । यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस कि, कुनै मन्त्री वा मुख्यमन्त्री होस, त्यसले छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनुपर्छ । चोरलाई चौतारो साधुलाई शुली हुँदैन, साधुलाई चौतारो, चोरलाई शुली नै हुन्छ,’सरकारको धारणा प्रष्ट पार्दै सञ्चारमन्त्री गुरुङले भन्नुयो ।

उहाँले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको भन्दै यो काम नरोकिने बताउनु भयो ।

प्रकाशित मिति : २०८१, २६ कार्तिक सोमबार  ८ : ३३ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार