२०८२, २६ पुस शनिबार

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै


सिन्धुलीगढी: ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा मनाइंदै आएको भव्य कार्यक्रम भने विगत २ वर्षदेखी आयोजना नगरिएको हो ।
आजको विजय उत्सव कार्यक्रमको अध्यक्षता नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले गर्नुहुने नगर प्रशासनले जानकारी दिएको छ । नेपाल एकिकरणका अध्येता पृथ्वीनारायण शाह, गोर्खाली कमाण्डर बंशु गुरुङलगायतको प्रतिमामा माल्यार्पण गरी झण्डोत्तोलन गरिने कार्यक्रम छ ।
गोर्खाली फौजले कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज (बेलायती फौज) लाई परास्त गरेर नेपालको अस्तित्व बचाउने त्यस स्थलमा विगत बर्षहरुदेखि हरेक बर्ष कात्तिक २४ मा विजय उत्सब मनाइदै आएको हो । नेपाल सरकारलेनैं कार्यक्रम गरेर मनाउनु पर्ने अबस्थामा बिजयलाई उत्सव कार्यक्रमलाई कमलामाई नगरपालिकाले सामान्य रुप्मा मनाउन थालेपछि भने त्यसले सबैलाई चकित बनाएको छ । सिन्धुली गढीको यो बिजयलाई हामी र हाम्रो पुस्ताले थाहा पाउनु र बिजयलाई सम्मान गर्न पनि उत्तीकै जरुरी रहेको तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीको भनाई छ ।

देशको गौरवको रुपमा मनाइने सिन्धुलीगढी बिजय उत्सव कार्यक्रममा राष्टपति र रक्षामन्त्री, प्रधान सेनापति आउने परम्परा थियो । नयाँ पुस्ताले सिन्धुली गढी र त्यहाँ निर्माण भइरहेको युद्ध संग्राहालयको महत्व र भाव बुझाउने कार्यक्रम सामन्य ढंगले मनाउँदा त्यसले सकारात्मक सञ्चार प्रवाहमा कमी ल्याउने नेपाली सेनाको बुझाई छ ।

प्रकाशित मिति : २०८१, २४ कार्तिक शनिबार  ७ : ५० बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,