२०८३, २७ आश्विन बुधबार

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै


सिन्धुलीगढी: ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा मनाइंदै आएको भव्य कार्यक्रम भने विगत २ वर्षदेखी आयोजना नगरिएको हो ।
आजको विजय उत्सव कार्यक्रमको अध्यक्षता नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले गर्नुहुने नगर प्रशासनले जानकारी दिएको छ । नेपाल एकिकरणका अध्येता पृथ्वीनारायण शाह, गोर्खाली कमाण्डर बंशु गुरुङलगायतको प्रतिमामा माल्यार्पण गरी झण्डोत्तोलन गरिने कार्यक्रम छ ।
गोर्खाली फौजले कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज (बेलायती फौज) लाई परास्त गरेर नेपालको अस्तित्व बचाउने त्यस स्थलमा विगत बर्षहरुदेखि हरेक बर्ष कात्तिक २४ मा विजय उत्सब मनाइदै आएको हो । नेपाल सरकारलेनैं कार्यक्रम गरेर मनाउनु पर्ने अबस्थामा बिजयलाई उत्सव कार्यक्रमलाई कमलामाई नगरपालिकाले सामान्य रुप्मा मनाउन थालेपछि भने त्यसले सबैलाई चकित बनाएको छ । सिन्धुली गढीको यो बिजयलाई हामी र हाम्रो पुस्ताले थाहा पाउनु र बिजयलाई सम्मान गर्न पनि उत्तीकै जरुरी रहेको तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीको भनाई छ ।

देशको गौरवको रुपमा मनाइने सिन्धुलीगढी बिजय उत्सव कार्यक्रममा राष्टपति र रक्षामन्त्री, प्रधान सेनापति आउने परम्परा थियो । नयाँ पुस्ताले सिन्धुली गढी र त्यहाँ निर्माण भइरहेको युद्ध संग्राहालयको महत्व र भाव बुझाउने कार्यक्रम सामन्य ढंगले मनाउँदा त्यसले सकारात्मक सञ्चार प्रवाहमा कमी ल्याउने नेपाली सेनाको बुझाई छ ।

प्रकाशित मिति : २०८१, २४ कार्तिक शनिबार  ७ : ५० बजे

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ

प्रधानमन्त्री बालेनको ‘सरप्राइज’ काभ्रे भ्रमण, पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण