२०८३, १४ कार्तिक शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री राणाले गर्ने

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीको संयोजन परराष्ट्रमन्त्री राणाले गर्ने


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्रीले भ्रमणको संयोजन गर्ने भएकी हुन् ।

दुई नेताको निर्देशनअनुरुप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको सचिव केशवराज जोशीले बताए ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् । बैठकले कार्यदलकाे संयाेजन आलाेपालाे गर्ने निर्णयसमेत गरेकाे छ जसअनुसार पहिलाे एक महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।

प्रकाशित मिति : २०८१, २१ कार्तिक बुधबार  ९ : १२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित