२०८३, १३ कार्तिक शुक्रबार

उद्योग मन्त्री भण्डारीसँग व्यापारीले माफी मागे

उद्योग मन्त्री भण्डारीसँग व्यापारीले माफी मागे


काठमाडौं । बजार अनुगमन गर्ने सरकारी टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट भएको गल्ती स्विकार्दै उद्योग मन्त्री भण्डारीसँग माफी मागेका छन् ।

उनीहरूले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनमा कुलेश्वरको फलफूल बजारमा हुने गरेका सबैखाले अनियमिमता रोक्ने प्रतिबद्धता समेत जनाएका छन् । विगतमा बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई आफूहरूबाट अनजानमा असहयोग भएको र आगामी दिनमा गल्तीहरू नदोहोरिने नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अम्मर बानियाँले बताए ।

गत असोज २०गते कालीमाटी र कुलेश्वर क्षेत्रका व्यापारीहरूले बजार अनुगमनमा गएको सरकारी टोलीलाई अनुगमनमा असहयोग गर्दै टोली फर्किएपछि नाराबाजी समेत गरेका थिए । त्यस दिन गरिएको कालीमाटीको तरकारी बजार र कुलेश्वरको फलफूल बजारमा अनुगमन गर्दा अधिकांश व्यापारीहरूले बिल बिजक बिना नै कारोबार गरिरहेको, पसलमा मुल्यसूची नराखेको, अस्वभावीक मूल्यमा सामग्रीहरू बिक्री वितरण गरेको तथा कालीमाटी स्थित माछा पसलहरूमा सरसफाइ नगरेको पाइएको थियो । २० असोजको अनुगमन टोली संगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत छड्के अनुगमनमा निस्किएका थिए । मन्त्री भण्डारी त्यहाँका २ पसलहरुलाई कारबाही गर्न निर्देशन दिँदै फर्किएका थिए । उनले फर्केपछि व्यापारीहरूले अनुगमन टोलीलाई दुर्व्यवहार गर्न खोजेका थिए ।

व्यापारीहरूले यस पटक मात्रै नभई अघिल्ला वर्षहरूमा समेत सरकारी अनुगमन टोलीलाई असहयोग गर्दै आएका थिए । अब उप्रान्त आफूहरूबाट कुनै प्रकारको असहयोग नहुने व्यापारीहरूको प्रतिबद्धता छ । उनीहरूले सबै पसलहरूमा अनिवार्य रूपमा खरिद र बिक्री बिल राख्ने, सामानको मुल्यसूचि राख्नुका साथै नियमित सरसफाइ गर्ने बताएका छन् । अनुगमन पछि पनि बजारको अनियमितता केही मात्रामा सुधार आउन थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
तरकारी तथा फलफुल व्यापारीहरूका उचित समस्याको सरकारले सम्बोधन गर्न सक्ने मन्त्री भण्डारीले बताए । त्यसका लागि अनुगमन टोली जाँदा व्यापारीहरू भाग्नुभन्दा अनुगमनमा सहयोग गर्नुपर्ने उनको भनाई छ । व्यापारीहरूले अहिलेसम्म यो कुरा सरकार समक्ष प्रस्तुत गर्न नपाएकोको र वर्तमान मन्त्री भण्डारीले आफ्ना मागहरू सुनिदिने भनेपछि उत्साहित फलफूल व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २०८१, १० कार्तिक शनिबार  ११ : ५५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित