२०८३, २६ आश्विन मंगलबार

इजरायलद्वारा इरानमा मिसाईल आक्रमण

इजरायलद्वारा इरानमा मिसाईल आक्रमण


इरानले इजरायलमा आक्रमण गरेको २४ दिनपछि इजरायलले इरानमाथि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रानका विभिन्न स्थानमा शनिबार विहानैबाट व्यापक हवाई आक्रमण सुरु गरिएको बिविसीले जनाएको छ । इरानले पनि इजरायलले आफ्नो भूमिमा आक्रमण गरेको पुष्टि गरेको छ। यद्यपि आक्रमणबाट भएको क्षतिको विवरणहरु भने आइसकेको छैन्।

रिपोर्ट अनुसार इजरायलले इरानको राजधानी तेहरान तथा करजमा आक्रमण गरेको हो। फक्स न्युजका अनुसार इजरायलले इरानमाथि हमाला गर्नु केही अघि मात्र ह्वाइटहाउसलाई आक्रमणको सूचना दिएको जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ता डेनियल हगारीले इजरायलले अक्टोबर १ मा भएको आक्रमणको जवाफ दिएको बताए।

उनले इरानको सैन्य इलाकाहरुमा सटिक आक्रमण गरेको बताएका छन्। यसअघि ७ अक्टोबर २०२३ इता इरानले इजरायलको ७ स्थानमा आक्रमण गरेको भन्दै इजरायललाई जवाफी आक्रमणको अधिकार भएको प्रवक्ता डेनियलले बताए।

इरानी सरकारी सञ्चारमाध्यामका अनुसार विस्फोट इमाम खुमैनी अन्तर्राष्ट्रिय एयरपोर्टको नजिकै भएको बताए छन्। इजरायलले अहिलेसम्म कम्तीमा ७ मिसाईलहरु प्रहार गरेको बताएको छ।

एयर स्ट्राइकपछि अमेरिकाले इजरायलको समर्थन गर्दे इरानलाई उसको आक्रमणको जवाफ दिने अधिकार भएको बताएको छ।

अमेरिकाका एक अधिकारीले सिएनएनसँग इरानमाथिको आक्रमणमा आफ्नो संलग्नता भने नरहेको बताएका छन्। ह्वाइटहाउस नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ताले इजरायलले आत्मरक्षाका लागि आक्रमण गरेको भए पनि ह्वाइटहाउस यसमा संलग्न नरहेको बताए। यता अमेरिकी पुर्व राष्टपति डोनाल्ड टम्पले इजेरी आक्रमणको आलोचना गरेको बिबिसीले लेखेको छ ।

यो सँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको छ। सिएनएनका अनुसार शनिबार विहान ९ बजे सम्म एयर स्पेस बन्द गरेको हो। फ्लाइड राडरका अनुसार आक्रमणको समयमा इरानको आकासमा ४ जहाजले उडान भरिरहेका थिए।

प्रकाशित मिति : २०८१, १० कार्तिक शनिबार  ११ : ३१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल