२०८३, १ कार्तिक आईतबार

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

नेपाली सेनाले निर्माण गरेको उक्त पुलको मन्त्री दाहालले शिलान्यास गर्नु हुने


सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको स्थल सम्पर्क आज मंगलवारबाट सुचारु हुँदैछ । एक औपचारिक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुनकोशी नदीमा बनाइएको बेलिब्रिजको उद्घाटन गदै हुनुहुन्छ । सो कार्यक्रमको आयोजना रामेछापले गरेको हो ।
बिहान १० बजे खुर्कोटमा आयोजित कार्यक्रमका बीच नेपाली सेनाले निर्माण गरेको उक्त पुलको मन्त्री दाहालले उद्घाटन गर्नु हुने सचिवालयले जनाएको छ । गएको असोज ११ र १२ गतेको सुनकोशी र रोशी नदीमा आएको बाढीले उक्त पुलको रामेछाप तर्फको स्पान बगाएपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको थियो ।

भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न गरिएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ । ‘बेलिब्रिजमा केही नटहरु कस्न बाँकी थियो, त्यो पनि सकियो,’ पुल निर्माणमा १४ नम्बर वाहिनी खटिएको थियो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने १० वर्षअघि बनेको सुनकोशी नदीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।
विपि राजमार्ग अन्र्तगतको राजधानी जोड्ने सडकको विभिन्न भागमा क्षति पुगेपछि दशैं अगाडिनैं यातायात सुचारु गराउन एमालेका केन्द्रीय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्रीलाई पटक पटक भेटेर दबाब दिंदै आएका थिए भने केही नेता कार्यकर्ताहरु बन्द सडक खुलाउन फिल्डमैं खटिएको एमाले प्रचार विभाग प्रमुख कर्ण घिसिङले खबरघरसँगको कुराकानीमा बताउनुभयो ।

प्रकाशित मिति : २०८१, ५ कार्तिक सोमबार  ८ : ४२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा