२०८३, ११ कार्तिक बुधबार

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला


काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई श्रृंखलाको खोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ ।

निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोली प्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो ।

दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा अमेरिकाले पनि १ सय ७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो । डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि बएका भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे ।

त्यस्ते गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।  अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २–२ विकेट लिए ।

१ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रननै बनायो । अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए ।

थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : २०८१, ४ कार्तिक आईतबार  १० : ५५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता