२०८३, ६ कार्तिक शुक्रबार

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा


काठमाडौं । चलचित्र ‘कर्मा’ ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्यः च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए ।

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ । चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन् ।  चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ। अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।

निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्यः च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार  १ : ५६ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट