२०८३, २६ आश्विन मंगलबार

कानुन संशोधन गरेर प्रहरीमा नयाँदिनको उदय गराइनेछ : प्रधानमन्त्री

कानुन संशोधन गरेर प्रहरीमा नयाँदिनको उदय गराइनेछ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले सङ्घीय संसद्को आगामीअधिवेशनबाट विद्यमान नेपालप्रहरी ऐनलाई संशोधनगर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने बताए ।
नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँदिनको उदयहुने उल्लेख गरे । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।
अहिलेको संविधान नेपालीजनता सार्वभौमसत्ता सम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधन बाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताए । “चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउनखोज्नु लोकतान्त्रिक बाटो होइन ।” प्रधानमन्त्री ओलीले भने, “दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दसैँ ? २०८४ सालको ?जबकि हामीले पहिल्यै भनिसकेका छौँ, यो सरकार आफै फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ ।”
व्यवस्था विरोधी कुरा गर्नेहरुलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, “कुना काप्चाबाट म भन्न चाहान्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली काँग्रेस र नेकपा (एमाले) सहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस् । स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन । परिवार, समाज र देशको हितका लागि कुनै पनि काम निर्वाधरुपमा अगाडि बढाउन पाउने हक सबैलाई छ । हाम्रा पूर्वजहरुले यस देशलाई राम्रो बनाउने सन्दर्भमा व्यहोरोको दुःख र सङ्घर्षको ध्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।”
नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै उनले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यानजाने प्रतिबद्धता व्यक्तगर्दै अहिले समाजमा सांस्कृतिक धरातल खस्किएको र साइबर अपराध र लागु औषध प्रयोगका घटनाहरु बढ्नु राम्रो नभएको बताए ।
देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामनादिँदै प्रधानमन्त्री ओलीले शान्ति सुव्यवस्थाकायमगर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।,
प्रथम महिला राधिका शाक्य, गृहमन्त्री रमेश लेखक, संवैधानिक निकायका पदाधिकारी, मुख्यसचिव एकनारायण अर्याल लगायत सहभागी समारोहमा प्रधानमन्त्री ओलीले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सहित विधिन्न पुरस्कार र छात्रवृत्तिबाट बहाल वाला र अवकाश प्रप्तप्रहरीलाई पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति : २०८१, १ कार्तिक बिहीबार  १० : २२ बजे

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा