२०८२, १७ माघ शनिबार

सर्वसाधारणलाई दशैंको टीका : शीतलनिवासमादिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतलनिवासमादिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा अर्थात दशैंको टीकाको दिन राष्ट्रपति भवनशीतलनिवासमा सर्वसाधारणलाई टीका तथाजमरा लगाइदिने भएका छन् । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ ।

पौडेलले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथाजमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजयादशमीकाउपलक्ष्यमाशनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिकनिकायकापदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।

साथै सोही समयमानिजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति पौडेलले बडादशैँ २०८१ का अवसरमाविजयादशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराजपौडेलबाट लगाउने छन ।

यता, पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाई दिने तयारी गरेका छन् । पूर्वराजाशाह र पूर्वारानी कोमलशाहले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

संवाद सचिवालयले एक सूचना जारी दशैंका दिननिर्मल निवासमाशुभेच्छुक तथा सर्वसाधारणलाई अपरान्ह ४ बजे पूर्वराजाले टीका लगाइदिने जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, २६ आश्विन शनिबार  १२ : ३३ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।