२०८३, १५ कार्तिक आईतबार

बिहान ११:३६ को शुभ साइतमा लगाइँदैछ दसैंको टीका-जमरा

बिहान ११:३६ को शुभ साइतमा लगाइँदैछ दसैंको टीका-जमरा


काठमाडौं । आज दशैंको मुख्य दिन विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। दशमीमा टीका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ।

भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ।

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाई दिने पश्चिम फर्केर लगाइ दिँदा राम्रो मानिन्छ। नेवार समुदायले यो दिन मोहनी नखः मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ।

प्रकाशित मिति : २०८१, २६ आश्विन शनिबार  ६ : ४६ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने