२०८२, ६ पुस आईतबार

तेमाल जाने सडक खुल्यो

तेमाल जाने सडक खुल्यो


काभ्रे । अविरल वर्षाका कारण क्षति पु¥याएको तेमाल जोड्ने कच्ची सडक पुननिर्माण भएको छ ।
असोज ११ र १२ गते गएको बाढी पहिरोले क्षति पु¥याएका विपि राजमार्गको रोशी खण्ड तत्काल सुचारु गर्न नसकिने भएपछि वैकल्पिक बाटोको रुपमा खुलाएको भकुण्डे, कोटतेमाल, पोखरी नारायणस्थान, मेच्छे हुदै सुनकोसी पुल रामेछाप जोड्ने सडकमा सवारी चहलपहल देखिएको छ । दशैंको बेला तेमालका साथै रामेछाप, सिन्धुली लगायतका जिल्लाबासी आउजाउका लागि सहजता प्रदान गर्न करीब एक साता लामो प्रयासपछि खुलेको यो सडकमा सवारी चहलपहल देखिएको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाले जानकारी दिनुभयो ।
तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिकादेखि सडक विभागसम्मको समन्वय सहकार्यमा यो सडकखण्ड खुलेपछि यो रुटमा दैनिक हजारौं मोटरसाईकल, दर्जनौ बस, स्कर्पियो, सुमोजस्ता सवारी साधन गुडिरहेका छन् ।
तेमाल गाउँपालिका, यहाँका जनप्रतिनिधि आफूहरुको अगुवाईमा अहोरात्र रुपमा खटिएपछि रामेछापसम्म जोड्ने यो सडक सञ्चालनमा ल्याउन सम्भव भएको गाउँपालिका अध्यक्ष लामाले उल्लेख गर्नुभयो ।
‘आज विहानदेखि अपराह्नसम्म करीव १५ सय वटा मोटरसाईकल, २५ वटा बस तथा स्कर्पियो, सुमो लगायतका सवारी साधनहरु यो सडकमा चलेका छन् ।’,– तेमाल गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो ।
उहाँले नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुर क्षेत्रको एक स्थान सडकमा पानी बगिरहेका, त्यसको उचित व्यबस्थापनमा ढिलाई हुदा भने केहि सवारी जाम पर्ने गरेको उल्लेख गर्दै त्यो समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वी क्षेत्र जोड्न विपि राजमार्गको वैकल्पिक मार्गको रुपमा खुलाईएको यो सडक मेच्छे पुगेर सुनकोसी पुल हुदै मध्यपहाडी लोकमार्ग रामेछाप, रामेछापको सुनापती खाँडादेवी हुदै सित्खा पुल सिन्धुली जोडिएको छ ।
सोचे अनुसार यो सडक खण्ड प्रभावकारी रुपमा सञ्चालनमा आएको देखिएको गाउँपालिका अध्यक्ष लामाको भनाई छ । भकुण्डे, तेमाल, सुनकोसी पुल हुदै रामेछाप जोड्ने यो सडक खुलाउने कार्यका साथै गाउँपालिकाको वडा नं. ५, ६, ७, ८, ९ र २ को वडाभित्रका सडकहरुका पहिरो समेत पन्छाइएको अध्यक्ष लामाले बताउनुभयो । पहिरो पन्छाउदै गाउँपालिकाले मंगलटार तेमाल खण्डमा फसेका सवारी साधनहरुको उद्धार पनि गरिएको छ ।
उहाँका अनुसार वडा नं. ९ को सबै सडक, वडा नं. २, ५, ७, ८ का अधिकांश आन्तरिक सडकहरु सुचारु भएका छन् । वडा नं. ८ को भोज्र्याङबाहेक ल्होङसाल खण्ड खुलेको छ ।
गाउँपालिकाको वडा नं. १ र ३ का आन्तरिक सडकहरु भने सोचे अनुरुप खुलाउन नसकिएको उहाँको भनाई छ ।
वडा नं. १ को बोहोरेदोभान आधाबाट खण्ड मात्रै खुलेको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर(डिएम) ले बताउनुभयो ।
उहाँले भन्नुभयो,–‘वडा अध्यक्ष इन्द्र बहादुर अधिकारीसँग कुरा गरेर बैकल्पिक मार्गको रुपमा पाँचखाल शहरसँग जोडिनेगरी वडा नं. १ को लप्सीको मोड हुदै लामागाउँदेखि तल सडक खुलाउने सोच बनाएको, त्यस अनुसार काम गर्न सकिएन, आधाबाट सम्म मात्रै खुलेको जानकारी आएको छ ।’
वडा अध्यक्ष अधिकारीका अनुसार ४ दिनभन्दा बढी समय अहोरात्र खटेर यो सडकको पहिरो पन्छाउने कार्य गरिहेको छ ।
त्यस्तै बोहोरेदोभान ठूलोपर्सेल सडक खण्डमा भने पहिरोले ट्र्याक नै मेटिनेगरी अधिक क्षति भएको जनाउँदै यो सडक तत्काल खुलाउन नसकिएको उपाध्यक्ष लामाले बताउनुभयो ।
बोहोरेदोभान ठूलोपर्सेलसम्म चल्दै आएको बस सेवा अहिले अस्थायी रुपमा पलाञ्चोक, कोसीदेखा, तेमालवेशी हुदै सुचारु गरिएको छ ।

प्रकाशित मिति : २०८१, २४ आश्विन बिहीबार  ६ : १० बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा