२०८१, २८ आश्विन सोमबार

प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले तथ्यका आधारमा सत्य स्थापित गर्छन्: प्रचार विभाग प्रमुख घिसिङ

प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले तथ्यका आधारमा सत्य स्थापित गर्छन्: प्रचार विभाग प्रमुख घिसिङ


सिन्धुली: नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कणर् घिसिङले गलत प्रवृत्तिका बिरुद्ध पत्रकारहरुले निर्भिक भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल सिन्धुलीको बैठकमा निर्देशनात्मक भनाई राख्दै एमाले सिन्धुलीका उपाध्यक्ष समेत रहनुभएका घिसिङ ृउक्त कुरा बताउनु भएको हो । उहाँले जिल्लाका भएका अनियमितता, भ्रष्टाचार र जनविरोधी काम कारबाहीका विषयमा निर्भिक भएर कलम चलाउन समेत निर्देशन दिनुभएको हो । तथ्यका आाधरमा सत्य स्थापित गराउने कार्यमा तपाईहरु लाग्नुहोस्, कुनै समस्या आइपरे त्यसका विरुद्ध पार्टी नेतृत्व उभिने छ, प्रचार विभाग प्रमुख घिसिङले भन्नुभयो ।
तपाईहरुले हामीहरुबाट भएका गलत काम कारबाहीलाई पनि खबरदारी गर्नुपर्छ, हामीले गरेका गल्तीमाथि पनि प्रश्न उठाउनु पर्छ, यदी त्यसो गर्नु भएन भने हामी पनि बिग्रन सक्छौं, पार्टीको आडमा हामीले पार्टी विधान, अन्तरपार्टी निर्देशन र जनभावना विपरितका काम गर्नु भएन नि ? उहाँले भन्नुभयो ।


प्रेस चौतारीमा आवद्ध भएका पत्रकारहरु तथ्यका आधारमा सत्य स्थापित गर्छन् र जे देख्यो त्यही लेख्छन् भन्ने कुरालाई सिन्धुलीमा तपाईहरुले स्थापित गराउनु पर्छ । पार्टीले गरेका राम्रा कामको सरकारात्मक प्रचार गर्ने र गलत कुराको सचेत गराउने काम गर्नुस्, गलत कुरालाई ढाकछोप होइन, प्रचार विभाग प्रमुख घिसिङले भन्नुभयो ।
कार्यक्रममा एमाले वागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव प्रेम दाहालले अहिले जनपक्षीय पत्रकारिता ओझेलमा परेको बताउँदै उहाँले प्रेस चौतारीमा आवद्ध भएका साथीहरुले सिन्धुलीका स्थानीय तहमा भएको गलत काम कारबाहीको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । आगामी मंसिरमा हुने आसन्न नेपाल पत्रकार महासंघको निर्वाचन लक्षित कार्यक्रमहरु अगाडि बढाउन सुझाब दिनुभयो ।
प्रेस चौतारी नेपाल सिन्धुलीका पूर्व अध्यक्ष पुरुषोत्तम दाहालले सिन्धुलीमा प्रेस चौतारीले खेलेको भूमिकाको प्रशंसागर्दै लगत कामलाई निरुत्साहित गर्न र राम्रा कामलाई प्रोत्साहन गर्ने खालका समाचार सामाग्रीहरु प्रकाशनमा जोड दिनुभयो । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्यसमेत रहनुभएका दाहालले अन्य पत्रकार भन्दा प्रेस चौतारीमा आवद्ध पत्रकाहरु अब्बल छन्, उनीहरु जनविरोधीहरुका विरुद्ध एकमत भएर उभिन्छन् भन्ने कुरा विगतबाट पनि पुष्टि भएको बताउँदै आफ्नो पेशागत धर्मबाट विचलित नभई उभिन सुझाबसमेत दिनुभयो ।


नेपाल पत्रकार महासंघका सदस्य एवम् नेता कृष्णहरु घिमिरेले प्रेस चौतारीको जिल्ला नेतृत्वलाई आसन्त नेपाल पत्रकार महासंघको निर्वाचनलाई ध्यान दिएर आफ्ना कामहरु अगाडि बढाउन सुझाब दिनुभयो । नेपाल पत्रकार महासंघको पछिल्लो अबस्थावारे बैठकमा ब्रिफिङगर्दै प्रेस चौतारीले सिन्धुलीमा गरेको कामको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष लोकहरी आचार्यलगायत नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष विनय दाहालको अध्यक्षतामा बैठक बसेको हो । बैठकले विभिन्न निणर्यहरुगर्दे संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : २०८१, २३ आश्विन बुधबार  ९ : ४२ बजे

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ

सिन्धुलीः विपी राजमार्गमा दशैंको टिकाको अघिल्लो दिन खोलिएको ट्र्याकलाई भोलीबाट

विगतको बडादशैंहरु भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी

राष्ट्रपति रामचन्द्र पौडेलले दाजुको हातबाट लगाए टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट

बुबाको हातबाट दशैंको टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाउनु भएको

बिहान ११:३६ को शुभ साइतमा लगाइँदैछ दसैंको टीका-जमरा

काठमाडौं । आज दशैंको मुख्य दिन विजया दशमी । यस